एमसीसी सम्झौता परिमार्जन विना पारित गर्न सकिन्नः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन विना पारित गर्न नसकिने जनाएकाे छ ।

सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परिमार्जन सहित राष्ट्रिय हित अनुकूल बनाएर पारित गर्नुपर्ने बताउनुभयाे ।

एमसीसी सम्झौता संशोधन विना कुनै हालतमा संसदबाट पारित गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।

आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा कहाँ राष्ट्रघात छ भनि प्रश्न गर्नुभएकाे थियाे । एमसीसीकाे बिषयमा सत्ता गठबन्धनमा नै एकमत हुन सकेकाे छैन । दलहरूवीच सहमति हुन नसक्दा एमसीसी संसदमा अगाडि बढ्न सकेकाे छैन ।

Facebook Comments