गण्डकी प्रदेश सभाको बैठक स्थगित
गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्क विहीन भएपछि सो दलले सदनको कार्वाही अगाडि नबढाउन माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएको थियो ।
निवेदनमा सांसद शाहीको जीवन रक्षा र अबस्था सार्वजनिक नभएसम्म सदनको बैठक रोक्न माग गरिएको थियो ।
सोही निवेदनका आधारमा विषम परिस्थितिको सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएको भन्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव हरिराज पोखरेले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रदेश सभामा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङमाथि विश्वास छैन भनी दर्ता भएको प्रस्तावमा मतदान समेतको कार्यसूची रहेको बैठकमा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीबबहादुर गुरुङ र बाग्लुङ जिल्ला प्रदेशसभा ख बाट निर्वाचित सांसद शाही संसद बैठकमा अनुपस्थित भएका थिए ।
उनीहरुको फोन समेत अफ रहेको छ । शाही भने चरक अस्पतालको आइसियूमा भर्ना भएको बताइएको छ ।

