माधव नेपालप्रति प्रधानमन्त्रीकाे कटाक्षः बहुला कुकुरले टाेक्या छ र प्रधानमन्त्री प्रस्ताव गर्ने !
नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्न आफूलाई बहुला कुकुरले नटोकेको बताउनुभएकाे छ ।
केही समयदेखि माैन रहनुभएका प्रधानमन्त्रीले सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा माधव नेपाल सहितका नेताहरूप्रति कठाेर टिप्पणी गर्नुभएकाे हाे ।
केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री अफर गरेको भए पनि सहयात्री दललाई धोका दिएर आफूले ओलीको प्रस्ताव नमान्ने बताउनुभएकाे थियाे ।
ओलीले नेपालको उक्त कुरालाई आफैं भन्दै हिडेकाे तर कसैले प्रस्ताव नगरेकाे केपी ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीकाे प्रस्ताव गर्ने कुनै संभावना नै नरहेकाे जिकिर गर्नुभयाे ।
काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने, एमाले र कम्युनिष्ट पार्टी ध्वस्त बनाउने माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता रहेकाे प्रधानमन्त्रीकाे टिप्पणी थियाे ।
प्रधानमन्त्रीले देउवालाई प्रचण्डपथमा हिडेकाे भन्दै कटाक्ष गर्नुभयाे भने प्रचण्डलाई छेपाराेले जस्तै रंग फेर्दै हिड्ने गरेकाे आराेप लगाउनुभयाे ।

