माओवादी केन्द्रले हटाएका ४ नेता सांसद पद पुनर्वहालीकाे माग सहित सर्वाेच्चमा
नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएका चार नेताले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
सार्वजनिक रूपमा समेत नेकपा एमालेकाे विभिन्न कार्यक्रमहरूमा सहभागी हुने गरेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पदमा पुनर्वहालीकाे माग सहित रिट निवेदन दर्ता गरेका हुन् ।
उनीहरूले रिट निवेदनमा एमाले प्रवेश नगरेकाे तथा माओवादी केन्द्र त्याग नगरेकाे, पार्टीले स्पष्टीकरणकाे माैका नदिएकाे लगायतका विषय उल्लेख ग रेका छन् ।
सांसदहरूलाई हटाउने जिम्मा र अधिकार केन्द्रीय कमिटीकाे हुनेमा, माओवादी केन्द्रले अध्यक्षलाई दिएको र अध्यक्षको एकल निर्णयबाट आफूहरूलाई सांसद पदबाट हटाइएको निर्णय संविधानविपरीत पनि दावी रिट निवेदककाे छ ।
नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि उनीहरू एमालेतिर लागेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे मन्त्रिमण्डलमा समेत सहभागी भएका थिए ।

