लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखकाे सपथ ग्रहण सम्पन्न

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखकाे पद तथा गोपनीयताको सपथ ग्रहण सम्पन्न भएकाे छ ।

बुधबार राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ गराइएकाे हाे ।

मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गुरूङ र शेरचनलाई भण्डारीले नियुक्त गर्नुभएकाे थियाे ।

Facebook Comments