कांग्रेसले भदाै १८ मा देशैभर वडा अधिवेशन गर्ने
नेपाली कांग्रेसले भदाै १८ मा देशैभर वडा अधिवेशन गर्ने भएकाे छ । देशैभर एकैपटक भदाै १८ मा वडा अधिवेशन गर्न सहमति भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन शनिबार आज तोडिने भएको छ ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार सम्बन्धि दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर पाैडेल पक्षका जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा बसेका थिए ।
शुक्रबार साँझ सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीकाे छलफलमा जिल्ला सभापतिहरूले राखेका माग सम्बोधन गर्ने सहमति भएकाे थियाे ।
संस्थापन इतर समूहकाे महामन्त्री प्रकाशमान सिंहकाे निवास चाक्सीबारीमा बसेको बैठकमा महाधिवेशनमा केन्द्रित हुने र सभापतिह रूकाे अनसन ताेडाउने बिषयमा छलफल भएकाे थियाे ।
कांग्रेसले मंसिरमा महाधिवेशन गर्ने जनाएकाे छ । साे मितिमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ । क्रियाशील सदस्यताकाे विवादले विभिन्न जिल्लाका नेता कार्यकर्ताहरु महिनाैंदेखि धर्नामा बसिरहेका छन् ।

