मन्त्रीमण्डल विस्तारबारे देउवा र प्रचण्डवीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच भेटवार्ता भएकाे छ । उहाँहरूवीच मन्त्रीमण्डल विस्तारका बारेमा छलफल भएकाे हाे ।

यसैवीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएकाे छ । माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी समेतलाइ समेटेर मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ ।

उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पनि सरकारमा सहभागी हुने तयारीमा छ ।

Facebook Comments