पार्टी टुक्रिएर केही फरक परेकाे छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी फुटेकाे नभइ एक दुइ पुराना पात झरेकाे टिप्पणी गर्नुभएकाे छ ।

माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दैमा एमालेलाइ केही फरक नपर्ने टिप्पणी गर्नुभयाे ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उहाँले एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने त्यसकाे ठाउँमा नयाँ नयाँ पालुवा पलाउँने बताउनुभएकाे हाे ।

एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै ओलीले अब आउने चुनावमा सबै क्षेत्रमा जित्ने जिकिर गर्नुभयाे । उहाँले एकीकृत समाजवादीमा जानेहरू बिग्रिएका मान्छेकाे उपमा समेत दिनुभयाे ।

Facebook Comments