संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हाे ।
२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएका कारण प्रायःजसाे अवरूद्ध हुने गरेकाे थियाे । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट भने ल्याएकाे थियाे ।
Facebook Comments

