गण्डकीमा मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मा

स्वतन्त्र सांसद दीपक मनाङेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरिएकाे छ । मनाङेका बिहीबार नै पद तथा गोपनीयताको शपथ भइसकेकाे छ ।

विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा दर्ता गराएकाे अविश्वासको प्रस्तावमाथिकाे छलफल जारी छ ।

अविश्वास प्रस्तावकाे टुंगाे नलाग्दै प्रदेशकाे सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाइएको हाे ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । बहुमत पुर्याउने प्रयास स्वरूप सत्तारूढ नेकपा एमालेले गुरुङले स्वतन्त्र सांसद मनाङेलाई मन्त्री बनाएकाे हाे ।

गण्डकीमा २ मन्त्रालय खाली नै रहेकाे अवस्थामा मनाङेलाई नयाँ मन्त्रालय सिर्जना गरी जिम्मेवारी दिइएकाे हाे ।  

Facebook Comments