बजेट सम्बन्धि ३ वटा अध्यादेश जारी

सरकारले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकाे छ ।

मन्त्रीपरिषद्काे सिफारिशमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गर्नुभएकाे हाे ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा उल्लेख भएकाले सरकारले बजेट ल्याउनका लागि अध्यादेश ल्याएकाे हाे ।

Facebook Comments