एमालेकाे महाधिवेशनमा सहभागी प्रतिनिधि बढाउने

नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिकाे संख्या बढ्ने भएकाे छ । त्यस्तै महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायतका १२ समिति गठन गरेको हो ।

केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बसेको थियो ।

चितवनमा १०-१२ मंसिरमा हुने महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको थियो ।

यसैवीच एमालेकाे केन्द्रीय कमिटीकाे बैठकले प्रभु शाह निकट २ जनालाइ केन्द्रीय कमिटीमा थप गरेकाे छ भने महाधिवेशनमा यसअघि ताेकिएकाे प्रतिनिधिकाे संख्या बढाएकाे छ ।

अब १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यसअघि १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने बताइएकाे थियाे ।

Facebook Comments