सरकार भन्छः अस्पतालमा बेड खाली छैन, जनस्वास्थ्य मापदण्ड पालना गरिदिनुस्

सरकारले अस्पतालहरूमा काेराेना संक्रमितकाे उपचारका लािग बेड(शैया) खाली नभएकाे भन्दै सजग भइदिन अपिल गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुककाे स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाे जनाएकाे छ ।

खास गरी १७ जिल्लाकाे अवस्था भयावह रहेकाे र अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे अपीलमा उल्लेख छ ।

ती जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा रहेका छन् ।

अपीलमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अनुराेध गरिएकाे छ ।

Facebook Comments