एमालेकाे महाधिवेशन आयोजक समितिको बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

 नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा पार्टीमा असन्तुष्ट माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने बुझिएकाे छ ।

बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने ओली पक्षीय नेताहरुकाे दाबी छ । मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठक बसेकाे थियाे ।

साे बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतकाे फैसलापछि महाधिवेशन आयोजक समितिकाे बैद्यतामाथि प्रश्न उठेकाे छ भने माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।

सरकार पार्टी सञ्चालनका बिषयमा एमालेमा तीव्र विवाद रहेकाे छ ।

Facebook Comments