केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

जल तथा माैसम विभागले जनाए अनुसार प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षा हुनेछ ।

ती प्रदेशका एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको पनि विभागले जनाएकाे छ ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध गरिएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाकाे मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

८ असार १६ गते (बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका   थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १७ गते (बिहीबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरुमा  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना  रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ ।

Facebook Comments