चीनबाट ६० लाख डोज कोरोना खोप खरिद गरिने
नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदकाे तयारी गरेकाे छ । खाेप खरिदका लागि सम्झौता अगाडि बढेको मन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत् जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार खाेप उपलब्ध भइ खाेप अभियान सञ्चालनमा रहेकाे उल्लेख छ ।
साथै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ
असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने अपेक्षा मन्त्रालयकाे छ ।

Facebook Comments

