निर्वाचन आयोगले जसपाकाे आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि महन्थ सर्वाेच्चमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई निर्वाचन आयोगकाे निर्णयप्रति असन्तुष्ट महन्थ ठाकुर समूह सर्वाेच्च गएकाे छ ।

आयोगले गत साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई दिएकाे थियाे ।

आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुर पक्षले सर्वाेच्च अदालतमा रिट दायर गरेकाे हाे ।

रिट निवेदनमा निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने भएकोले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन हुनबाट राेक्न अन्तरिम आदेश जारी गर्न माग गरिएकाे छ ।

रिटको पेसी आइतबारका लागि तोकिएको छ  । 

Facebook Comments