काँग्रेसका दृगनारायण पाण्डेय राष्ट्रियसभामा सदस्यमा विजयी

लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएकाे छ ।

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराउँदै पाण्डेय विजयी हुनुभएकाे हाे ।

पाण्डेयले  ४१४० मतभार ल्याउँदा खड्काले  ३६१२ मतभार ल्याउनुभएकाे थियाे ।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

Facebook Comments