निर्वाचन नभए संविधान र विपक्षी दाेषीः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले घाेषित निर्वाचन हुन नसकेमा विपक्षी दल र संविधान नै दाेषी हुने जिकीर गर्नुभएकाे छ ।
एमालेको भातृ संगठन युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दैं प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालत र विपक्षी राजनीतिक दलप्रति आक्रोश पोख्दै घाेषित मितिमा निर्वाचन हुन नसकेमा संविधान र विपक्षीले दाेषी हुने बताउनुभएकाे हाे ।
साथै उहाँले सर्वोच्च अदालतले संविधानको कमजोर र नकरात्मक व्याख्या गरेको आरोप समेत लगाउनुभएकाे छ । प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को आफ्नो सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय सही भएकाे प्रधानमन्त्रीकाे जिकीर रहेकाे छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने २०७७ फागुन ११ गते सर्वोच्च अदालतले गरेको निर्णयको आलोचना समेत गर्नुभयाे ।
Facebook Comments

