थप २ हजार २८० जनामा काेराेना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ भने यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ५६ परीक्षणबाट ८ सय २६ जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ५ सय १९ परीक्षणमा ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ६ लाख ५४ हजार १ सय ७७ जना निकाे भएका छन् । शनिबारमात्रै १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण ३६ लाख ३ हजार ४ सय ६५ पुगेको छ । आइसोलेसनमा ३१ हजार ३५५ र क्वारेन्टाइनमा ३८० जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लाे समय लकडाउन खुलेसँगै काेराेना संक्रमण बढिरहेकाे छ ।
विज्ञहरूले काेराेना भाइरसकाे उत्परिवर्तन भएका भेरियन्ट बढी संक्रामक र जाेखिम बढाउने भएकाले सचेत हुन अनुराेध गरेका छन् ।

