माओवादी केन्द्रको आठौं महाधिवेशनः नेतृत्व चयन प्रक्रियमा प्रवेश
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।
जसअनुसार केन्द्रीय नेतृत्व चयनका लागि १ हजार ७ सय ४२ जनाले मतदान गर्न पाउनेछन् । उनीहरू केन्द्रीय नेतृत्वका लागि केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्न समेत सक्नेछन् ।
५ बजेसम्म नेतृत्व चयनमा सहमति नजुटेमा निर्वाचन प्रक्रिया अगाडि बढ्ने जनाइएकाे छ । याे समाचार तयार पार्दासम्म नेतृत्व चयनका बारेमा सहमति जुटेकाे छैन । नेताहरू छलफलमा जुटेका छन् ।
Facebook Comments

