दुर्लुङ समाज पोखराको सरसफाई

दुर्लुङ समाज पोखराले धार्मिक तथा पर्यटकिय केन्द्र विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई गरेको छ ।

पर्वत साविक दुर्लुङ स्थायी घर भई पोखरामा बसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाज पोखराले आप्mनो प्रथम स्थापना दिवसको अवसर पारेर मंगलबार उक्त सरसफाई गरेको हो ।

विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितकिा अध्यक्ष गणेश बहादुर श्रेष्ठले भक्तजनहरुको सहयोग तथा सदभावले मन्दिरको सर्वाङगिण विकासमा सहयोग पुगेको बताउनुभयाे ।

समाजले आयोजना गरेको सरसफाई कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गर्ने भन्दै समाजको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयाे । श्रेष्ठले मन्दिरले विन्ध्यावासिनी संस्कृत पाठसाला सञ्चालन गरेको सुनाउँदै भविष्यमा आयुर्वेदिक अस्पताल सञ्चालनको योजना रहेको बताउनुभयाे ।

दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई गर्न पाउनु खुशिको विषय भएको वताउनुभयाे ।

सहभागीहरूले सामाजिक संघसंस्थाहरु समाजका धामिर्क, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन र विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरे । समाजले हालै मात्र दुर्लुङलाई एम्वुलेन्स अभियान सञ्चालन गरेको भन्दै अभियानमा सहभागी हुन आम सहयोगी महानुभावहरुमा अनुरोध समेत गरेका छन ।

Facebook Comments