कास्की २मा गठबन्धनका उम्मेदवार घरदैलोमा, बसपार्क बन्ने स्थानीयकाे आशा

पोखराको पृथ्वीचोक स्थित बसपार्क वरपरका वासिन्दाले अब बसपार्क बन्नेमा आफूहरुमा आशा पलाएको बताएका छन् ।्र

मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २ (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु कुमार थापासंग उनीहरुले यस्तो बताएका हुन् ।

पोखरा महानगरमा नयाँ नेतृत्व आएसंगै प्रदेश सरकारसंग मिलेर नाला बनाउने र बसपार्क सम्याउने काम भएकोे स्मरण गर्दै बसपार्क निर्माणको काम अब गठबन्धनका उम्मेदवारले पुरा गर्ने विश्वास प्रकट गर्नुभयाे ।

पृथ्वीचोकमा रहेको गलकोट रेष्टुरेन्ट एण्ड लजकी अभिभावक ८३ वर्षीय रत्न कुमारी गौचनले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल जस्तो इमान्दार मान्छेले बल्ल अबसर पाएको भन्दै आफू भोट हाल्न आतुर रहेको बताउनुभयाे ।

त्यसैगरी यस अगाडि प्रदेशसभा सदस्य भएर सोही स्थानका उम्मेदवार विन्दु थापाले राम्रो काम गरेको उनको भनाई छ ।

बसपार्ककै पश्चिम साइडमा होटल सुवास सञ्चालन गरेका दुगर्दादत्त सुवेदीले यस अगाडि धेरैले बसपार्क बनाउँछौं भनेर भोट मागेपनि बाचा पुरा नगरेको बताउनुभयाे । तर, पोखरा महानगरमा नयाँ नेतृत्व आएपछि भने नाला बनाउने र बसपार्क सम्याउने काम भएको उहाँकाे भनाइ छ।

पोखरामा धनराज आचार्य मेयर भएपछि प्रदेश सरकारसंग मिलेर नाला बनाउने र सम्याउने काम भएको छ । अब पनि सोही गठबन्धनलाई जिताउँदा पक्कै बसपार्क बन्छ अनि हामी वर्षामा हिलोको र धुलोको समस्याबाट मुक्ति पाउँछौ भन्नेमा विश्वस्त छौं स्थानीयकाे भनाइ थियाे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बरालले जनताको काम गर्न नै आफूहरु निर्वाचनमा होमिएको बताउनुभयाे । उहाँले अब यहाँको सुकुम्बासी समस्या समाधान गर्ने र बसपार्क बनाउने जिम्मेवारी लिने पनि उल्लेख गर्नुभयाे ।

कास्की २ (ख)मा प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अघिल्लो आर्थिक वर्षमा नला बनाउने र केही भएपनि सम्याउने काम भएको र चालु आर्थिक वर्षमा पनि बजेट परेको भन्दै बसपार्क निर्माण गर्ने र स्थानीयका समस्या समाधान गर्ने काम आफूहरुको भएको बताउनुभयाे ।

घरदैलो कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फकी उम्मेदवार जुवेदा खातुन, एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभामा सदस्यमा समानुपातिकको तर्फकी उम्मेदवार रत्ना गुरुङ र नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डेसहित गठबन्धन सम्बद्ध दलका नेता र कार्यकर्ताहरुको सहभागिता थियो ।

Facebook Comments