एमसिसीमा हाेला त संशाेधन

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने के के बुँदा छन् उपलब्ध गराउन आग्रह गर्नुभएकाे छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूले नै यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले सुधार गर्नुपर्ने बुँदा के हाे भनी माग गर्नुभएकाे हाे ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने बिषयबारे जवाफ माग्नुभएकाे हाे ।

प्रधानमन्त्री देउवासँग भएको छलफलमा प्रचण्ड र अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने बताएपछि सुधार गरेर भएपनि एमसिसी पास गर्ने र गठबन्धन पनि कायम राख्नेबारे छलफल भएकाे श्राेतले जनाएकाे छ । बुधबार नै पुनः छलफल हुने बताइएकाे छ ।

Facebook Comments