स्थानिय निर्वाचनमा गठनन्धनका लागि गण्डकीमा सत्तारूढ दलवीच छलफल

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुविच तालमेल गर्ने सहमती भएसंगै गण्डकी प्रदेशमा पनि गठबन्धनमा रहेका दलहरूले बैठक गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयम भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानिय तह निर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले जानकारी दिनुभयाे ।

नेपालीकांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराजशर्माको अध्यक्षतामा सम्पन्नभएको प्रदेश र जिल्लास्तरका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले स्थानियनिर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्दै गठबन्धनका दलहरुविच सोहार्दपूर्ण वातावरण तयार गरि कार्ययोजना र कार्यदिशा दिने निर्णय गरेको छ । गठबन्धनको आगामी बैठक आगामी चैत २२ गते बस्ने जनाइएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराजशर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकाअध्यक्ष गायत्री गुरुङ (कुशुम), सचिव जग्गनाथ खनाल, नेकपा एकिकृत समाजवादीका प्रदेश उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्षशंकर बराल लगायतका गण्डकी प्रदेश स्तरका शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments