‘इन्डकसन चुलाे’ बाड्न विपक्षी दललाई सँगै लैजाने अर्थमन्त्रीकाे प्रस्ताव

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने याेजनाप्रति विपक्षी दल नेकपा एमालेले निर्वाचनका लागि भाेट बढाउने उद्देश्यमा प्रेरित रहेकाे भनी आलाेचना गरेकाे छ ।

जसकाे खण्डन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्युत् खपत बढाउने र एलपी ग्याँसको आयात घटाउन विद्युतकाे खपत बढाउन नागरिक प्राेत्साहित हुने भन्दै साे कार्यक्रमकाे बचाउ गर्नुभएकाे छ ।

बजेटमा विद्युतका सबै घरायसी ग्राहकलाई विद्युतीय चुलो दिने भनिएको छ । बुधबार संसदमा सरकारको यस्तो नीतिप्रति व्यंग्य गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वा अर्थमन्त्री विष्णु पौडेलले इन्डक्सन चुलोका लागि ग्रिड र वायरिङ लगायतका कारण पूर्वाधार तयार नभएकाे बताउनुभएकाे थियाे ।

राष्ट्रियसभामा समेत बजेटकाे छलफलमा यसबारे विपक्षी सांसदले कुरा उठाएका थिए ।

सांसदका प्रश्नकाे जवाफ दिंदै अर्थमन्त्री शर्माले भने इन्डक्सन चुलाे वितरण गरेर विद्युत खपत बढाउने र अर्थतन्त्रमा सकारात्मक प्रभाव बढाउन चालिएकाे कदम चुनाव लक्षित नभएकाे स्पष्टीकरण दिनुभयाे । साथै उहाँले इन्डक्सन बाँडन सँगै जान विपक्षी दल नेकपा एमालेसँग प्रस्ताव समेत गर्नुभयाे ।

राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले चुनावलाई लक्षित गरेर विद्युत प्राधिकरणसँग सल्लाह गरी अहिलेकाे संयन्त्रले धान्ने २५ प्रतिशत संरचनाकाे लागि बजेट व्यवस्था गरेकाे बताउनुभयाे ।

Facebook Comments