उपराष्ट्रपतिद्वारा अस्पतालमा उपचाररत विरामीहरुलाई दसैँको शुभकामना

शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई भेट गर्न किष्ट शिक्षण अस्पताल पुगेको अवसरमा उपराष्ट्रपतिले अस्पतालको विभिन्न वार्ड र आकस्मिक कक्षमा उपचाररत अन्य विरामीहरुलाई भेटेर दसैँको शुभकामना दिनुभएको साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

‘यहाँहरु उपचारका लागि अस्पतालमा हुनुहुन्छ । म दसैँको शुभकामना दिनका लागि तपाईंहरुलाई भेट्न आएको हुुँ,’ विरामीहरुसँगको भेटमा उहाँले भन्नुभयो, ‘दसैँको मुख्य दिन आउन बाँकी छ । त्यस दिनसम्म यहाँहरु निको भएर घर फर्कनु हुने र रमाइलोका साथ दसैँ मनाउनुहुने मैले विश्वास लिएको छु ।’

उपराष्ट्रपतिले विरामीसँगको भेटमा चाडपर्व भन्दा स्वास्थ्य मुख्य भएको बताउनुहुँदै अस्पतालमै दसैँ मनाउनु परे पनि चिन्ता नलिन आग्रह गर्नुभयो ।

Facebook Comments