संस्कृति र सभ्यताहरुको संरक्षणमा प्रचण्डकाे जाेड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेकाे बताउनुभएकाे छ । साथै उहाँले नेपालका चाडपर्वका माैलिक संस्कार संस्कृतिकाे संरक्षणमा समेत जाेड दिनुभएकाे छ ।

दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाल बहुजाति, बहुधर्म भएकाे मुलुक भएकाे उल्लेख गर्नुभएकाे छ । उहाँले नेपालकाे माैलिक संस्कृति र सभ्यताहरूकाे संरक्षण एवं विकासका लागि मंसिर ४ मा हुने निर्वाचनमा प्रतिगमनकारी शक्ति परास्त हनुपर्ने बताउनुभएकाे छ ।

अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्नुभएकाे हाे ।

शुभकामना सन्देशमा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेकाे बताउँदै दशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरिएकाे छ ।

Facebook Comments