चाडपर्वमा हुने पारिवारिक भेटघाट समाज रूपान्तरणमा सहयाेगीः समामुख सापकाेटा
सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने बताउनुभएकाे छ।
विजयादशमी तथा शुभ दिपावली पर्व २०७९काे अवसरमा शुभकामना दिँदै सभामुख सापकाेटाले चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभएकाे हाे ।
यसवर्ष विभिन्न ठाउँमा काेराेना, डेङ्गी तथा विभिन्न प्रकाेपमा परेर ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिराे समवेदना प्रकट गर्दै सभामुख सापकाेटाले सबैलाई सचेत र सजग रहेर चाडपर्व मनाउन समेत आग्रह गर्नुभएकाे छ।
सभामुख सापकाेटाले हाम्रा चाडपर्वहरू व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भातृत्व एवं सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण बन्ने व्यक्त गर्नुभएकाे छ ।


