कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण भएकाे छ ।

मन्त्रालयले १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३३ जनामा गरी ३ हजार १ सय ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको जनाएकाे छ । मन्त्रालयका अनुसार हाल देशभरमा ६३ हजार २ सय ९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७ सय २३जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । नेपालमा हालसम्म काेराेना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ७ सय ७८ पुगेको छ ।

८ लाख ८७ हजार ४४३ जना काेराेना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएकाे जानकारी अनुसार हाल ६१ हजार ८ सय ६२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै १ हजार ४ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये गम्भीर अवस्थाका २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

पछिल्ला दिनमा सार्वजनिक स्थानमा कार्यक्रम गर्न राेक लगाइएकाे छ ।

Facebook Comments