थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ७ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हाे ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

