कांग्रेस गण्डकी प्रदेशले आकांक्षी उम्मेद्वारका बिषयमा छलफल गर्ने

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको वैठक प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्वमा आज सम्पन्न गरेको छ ।

आसन्न निर्वाचनमा गण्डकी प्रदेशलाई नेपाली कांग्रेसलाई सबै तहमा जिताउनको लागि कसरी अगाडि बढाउने भन्ने बिषयमा गम्भीर छलफल भएको प्रवक्ता माधब प्रसाद बास्तोला “मधु”ले जानकारी दिनुभयाे ।

त्यसैगरि नेपाली कांग्रेसमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने हेतुले ३० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ ।

भदौ २४ गते विपी जयन्तिको अवसरमा विपी स्मृती पुस्तकालय र सुचना सञ्चार तथा प्रचार प्रसार बिभागकोे कक्ष समेत उद्घाटन गर्ने निर्णय गरेको बताइएको छ।

यसैगरि केन्द्रीय कार्यालयको परिपत्र अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट राय सहित सिफारिस भइ आएका प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक आकांक्षी उम्मेद्वार सबैको नामका विषयमा छलफल गरिएको छ ।

आकांक्षी सबैको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको प्रवक्ता बास्तोलाले जानकारी दिनुभयाे ।

उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएको हुँदा नेपाली कांग्रेस गण्डकी प्रदेशले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो।

Facebook Comments