शैक्षिक संस्था सञ्चालनका लागि तयारी शुरू

कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि सरकारकाे निर्णयका कारण बन्द रहेका शैक्षिक संस्था सञ्चालनकाे तयारी शुरू भएकाे छ ।

त्रिभुवन विश्वविद्यालय लगायतका शिक्षण संस्थाले राेकिएका परीक्षा फागुन पहिलाे सातादेखि सञ्चालनकाे तयारी गरेका छन् भने विद्यालयहरू समेत संक्रमणकाे अवस्था हेरेर स्थानीय तहहरूले नै सञ्चालनकाे निर्णय लिन सक्ने गरी निर्णय गर्न लागिएकाे छ ।

काेराेना संक्रमणकाे तेस्रो लहरको प्रभाव कम हुँदै गएको निष्कर्ष निकाल्दै बन्द रहेका शिक्षण संस्था पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको हाे ।

शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग छलफल गरेको थियाे ।

प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गर्ने जनाइएको छ ।

Facebook Comments