थप १ हजार ७१४ जनामा कोरोना पोजेटिभ पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५ सय १३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार १ हजार १ सय ३ पिसिआर परीक्षणबाट र ६ सय ११ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ७१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लाे समयमा संक्रमण कम हुँदै गएपछि शिक्षण संस्था लगायत सार्वजनिक सेवा सञ्चालनकाे तयारी भइरहेकाे छ ।

Facebook Comments