प्रतिनिधिसभा निर्वाचन २०७९ः माओवादी केन्द्र लमजुङबाट देवप्रसाद गुरुङ र देवेन्द्र पराजुलीकाे नाम सिफारिश
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट आगामी चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्।
माओवादी जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङ र स्थायी कमिटी सदस्य देवन्द्र पराजुलीकाे नाम प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ सिफारिस गरेको हो।
महासचिव गुरुङ २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
त्यस्तै समानुपातिकमा केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ।प्रदेशसभा (क) को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ। प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।
निर्वाचन परिचालन समन्वय समिति साथै उम्मेदवारकाे नामावली
प्रदेश सभा निर्वाचन समन्वय समितिको
(क )
इन्चार्ज:-मधु अधिकारी
संयोजक:- निरजन कुवर
(ख )
इन्चार्ज :- बुद्धिराम गुरुङ
संयोजक-सुनिल सुनार
२.संघ र प्रदेश सभा निर्वाचनका लागी उम्मेदवार सिफारिस
संघ
प्रत्यक्ष
१.देव प्रसाद गुरुङ
२.देवेन्द्र पराजुली
समानुपातिक
१.ऋषिराम पौडेल खास आर्य
२.मधु अधिकारी महिला
३.उर्मिला माझी जनजाति महिला
प्रदेश सभा तर्फ
प्रत्यक्ष
प्रदेश सभा क
१.मधु अधिकारी
२.मेख बहादुर भण्डारी
३.होम बहादुर बि.क.
४.हरिजङ तामाङ
प्रदेश सभा (ख)
१.बिमल अधिकारी
२.रामचन्द्र पौडेल
प्रदेश सभा तर्फ समानुपातिक उम्मेदवार
१.सतिमाया तामाङ जनजाति महिला
२.निरजन कुवर खास आर्य
३.सुनिल सुनार दलित पुरुष
४.शोभा थापा खास आर्य महिला
५.अजय तामाङ जनजाति पुरुष
६.नन्द बहादुर कुमाल अल्पसंख्यक
७.जुना बि.क.दलित महिला
८.मोहमम्मद जलालदिन मिया मुस्लिम
९.देव बहादुर गहतराज दलित पुरुष
१०.दयासागर घिमिरे खास आर्य
११.टकराज गुरुङ जनजाति पुरुष

