क्यानडामा खतरनाक हिंसा, चक्कु प्रहारबाट १० काे मृत्यु
शंकास्पद २ काे फाेटाे सार्वजनिक
क्यानडामा डरलाग्दाे हिंसात्मक घटना भएकाे छ । क्यानडाकाे प्रहरीले दिएकाे जानकारी अनुसार मुलुकका विभिन्न १३ स्थानमा चक्कु प्रहार गरी हिंसात्मक घटना गराइएकाे हाे ।
घटनामा १० जनाको हत्या भएको छ भने १५ जना घाइते भएका छन् ।
बीबीसीले चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाएकाे छ ।

हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको आशंका सहित प्रहरीले फोटो सार्वजनिक गरेको छ । फरार रहेका उनीहरूले के कारणले खतरनाक हिंसात्मक घटना घटाए भन्ने खुल्न सकेकाे छैन ।
यद्यपि प्रहरीले हतियारधारी आक्रमणकारी भएकाले खतरनाक भन्दै पक्राउ गर्नका लागि खोजी अभियान चलाएको जनाएकाे छ । प्रहरीका अनुसार घटनापछि उनीहरू कार चढेर भागेका थिए ।
क्यानडाका प्रधानमन्त्री जस्टिन टुड्राेले सामाजिक सञ्जालमा भयानक र ह्रदय विदारक घटना भन्दै दुःख व्यक्त गर्नुभएकाे छ भने दाेषीलाई कानुनी कारवाही हुने बताउनुभएकाे छ ।

