दोलखाबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

संघीय संसद अन्तर्गत दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनुभएकाे छ । सत्ता गठबन्धनका साझा उम्मेदवार कार्कीले एमालेका बालकृष्ण शिवाकाेटीलाइ ५१८ मत अन्तरले पराजित गर्नुभएकाे हाे ।

कार्कीले ३६ हजार ९९५ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गर्नुभयाे ।

यसअघि दोलखाको प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भइसक्नुभएकाे छ ।

प्रदेश सभा १ मा कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित हुनुभएकाे हाे । उहाँले २३ हजार २३१ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै प्रदेश सभा २ मा निर्वाचित एमालेका केसीले १९ हजार ४१४ मत प्राप्त गर्नुभयाे भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाउनुभयाे ।

Facebook Comments