काेराेना कहरः प्रचण्डकाे पत्यक्ष भेटघाटका कार्यक्रम बन्द
काेराेना महामारीका कारण सबै क्षेत्र प्रभावित भएकाे छ । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कार्यलयमा कार्यरत नेता कार्यकर्तालाई काेराेना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गर्नुपरेकाे छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभएकाे छ ।
प्रचण्डकाे सचिवालयले भौतिक रूपमा भेटेरै भइरहेको प्रचण्ड अध्यक्ष भएकाेमा दिइने बधाई एवं शुभकामना आदानप्रदानलाई विहिबारदेखि नै रोकेको जनाएकाे छ ।
राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै यस्ताे निर्णय लिइएकाे पनि सचिवालयले जनाएकाे छ ।
प्रचण्डकाे स्वकीय सचिव गंगा दाहालले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा नै गरिने पनि उल्लेख गर्नुभएकाे छ ।

