इन्धनकाे मुल्य बढ्याे, पेट्राेल प्रतिलिटर १६०

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाे छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । पेट्रोलको मूल्य प्रति लिटर ५ रूपैयाँ बढेर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

ग्याँसकाे मुल्य २५ रूपैयाँले बढेर १६ सय पुगेकाे छ ।

निगमले मुल्य बढेकाले खपत कम गराउन हप्तामा २ दिन विदा दिने प्रस्ताव समेत सरकार समक्ष अगाडि बढाएको छ । घाटा अधिक बेहोर्नु परेको भन्दै निगमले स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ ।

Facebook Comments