प्रचण्ड टिप्पणीः ओली खलनायक, महिलाकाे नेतृत्व सफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको खलनायककाे भूमिकामा प्रस्तुत भएकाे बताउनुभएकाे छ । साथै उहाँले स्थानीय तहमा महिलाहरूले नेतृत्व गरेका ठाउँ सफल भएको टिप्पणी गर्नुभएकाे छ ।

काठमाण्डाैमा ५ दलीय गठबन्धनले स्थानीय चुनावका लागि लक्षित गर्दै गरेकाे सभामा उहाँले पुरूष नेतृत्व भएका ठाउँमा खासै काम नभएको पनि बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘महिलाहरू कार्यकारी प्रमुख भएका ठाउँमा राम्रो काम भएको छ। तर कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको नेतृत्व क्षमतालाई अपमान गर्ने काम पनि भएको छ, ‘पुरूषहरूले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था गर्न नहुने प्रचण्डकाे भनाए थियाे । ३० वर्ष कांग्रेस-कम्युनिष्ट पानी बाराबार गर्दा जनताले केही पनि नपाएको भन्दै उहाँले ५ दलीय गठबन्धन धेरै परसम्म जाने बताउनुभयाे ।

प्रचण्डले बाम शक्तिकाे नेतृत्वमा राजनीतिक स्थिरताकाे साथ मुलुक अगाडि बढ्न सक्छ कि भनेर काेशिष गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाले सफल हुन नसकेकाे जिकीर गर्नुभयाे ।

‘नायक बनाउने भनेको त खलनायक पो हुनुभयो,’ उहाँले भन्नुभयाे, ‘बढो नमीठो संघर्ष गरियो। पार्टी एकतापछिकै दुई सातामा ओलीले विश्वासघात गर्न थाल्नुभयो।’

ओलीसँग पार्टी एकताका समयमा भएका सहमतिमा लचक हुँदा समेत संविधान, गणतन्त्र, संघीयता विराेधी गतिविधि भएपछि विधिसम्मत रूपमा पार्टीबाट कार्वाही गरेकाे भएपनि संवैधानिक निकायले तदारूकताका साथ काम नगर्दा उक्त प्रयास सफल नभएकाे पनि प्रचण्डकाे भनाइ थियाे ।

Facebook Comments