काठमाण्डाैमा सिर्जना र भरतपुरमा रेनुलाई मेयरमा जिताउन प्रधानमन्त्रीकाे आग्रह

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाैकाे मेयरमा सिर्जना सिंह र भरतपुर महानगरपालिकाकाे मेयरमा रेनु दाहाललाई जिताउन आग्रह गर्नुभएकाे छ ।

देशका छ महानगर मध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउनुपर्ने प्रधानमन्त्रीकाे भनाइ थियाे ।

५ दलीय गठबन्धनले काठमाण्डाैमा गरेकाे कार्यक्रममा उहाँले भरतपुरको मेयरमा रेनु दाहाललाई र काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउन विशेष आग्रह गर्नुभएकाे हाे ।

प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोर समस्या रहेकोले कांग्रेसले मेयर जितेको छ महिनाभित्र व्यवस्थापन गरिने बताउनुभएकाे छ ।

‘धरानमा फोहोरबाट ग्यास निकालेको छ। काठमाडौंमा पनि फोहोरबाट ग्यास र बिजुली निकाल्न सकिन्छ,’ उहाँकाे भनाइ थियाे ।

अहिलेको संवैधानिक व्यवस्थाअनुसार कुनै एक दलको मात्रै बहुमत नआउने भन्दै प्रधानमन्त्री देउवाले चुनावी गठबन्धन आवश्यक रहेकाे बताउनुभयाे । कुनै पनि हालतमा गठबन्धनलाई सफल बनाउन उहाँकाे सभामा उपस्थित नेता कार्यकर्तालाई अपिल थियाे ।

Facebook Comments