बस्तुगत संघहरुलाई भेट्दै प्रजापति समूह

पवनकुमार प्रजापति समूहले विभिन्न व्यवसायिक संगठनहरुसँग भेटघाट शुरु गरेको छ । बस्तुगत व्यवसायीहरुको संगठनमा आबद्ध व्यवसायीहरुलाई एकमुस्ट रुपमा भेटेर समूहले आफ्नो पक्षमा मत मागिरहेको छ ।

सोमबार भाँडा व्यवसायी संघ पोखरामा आबद्ध व्यवसायीहरुसँग संस्थागत रुपमा भेटेर पवनकुमार प्रजापति समूहले आफ्नो पक्षमा मत मागेकाे हाे।

भेटको क्रममा संघमा आबद्ध उद्योगी व्यवसायीहरुलाई संस्थागत रुपमै सहयोग गर्ने वचन समेत दिएको थियो । भाँडा व्यवसायी संघ पोखराका अध्यक्ष कविन्द्रमान पालिखेले संस्थागत रुपमै अध्यक्षमा पवनकुमार प्रजापति र समूहलाई संघले सघाउने प्रस्ट पार्नुभएकाे थियाे ।

लामो समयदेखि अनुभव बटुल्दै क्रमैसँग नेतृत्वको दाबी गर्न आउनुभएका प्रजापतिलाई नै हाम्रो संघले समर्थन गर्ने कुरा म जानकारी गराउन चाहन्छु ।

कार्यक्रमका बीच भाँडा उद्योगी समेत रहेका भााँडा व्यवसायी संघका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पुर्व वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले पवनकुमार प्रजापति निर्विरोध अध्यक्ष हुनुपर्ने व्यक्ति भएको दाबी गर्नुभएकाे ।

यसैगरि मंगलबार पवनकुमार प्रजापति र उनको समूह सिद्घार्थचोक, बगालेटोल, आलुमाईला चोक, ह्वाईट हाउस पार्टी प्यालेस हुँदै सृजनाचोकसम्म घरदैलो गरि मत मागेका थिए ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । महाधिवेशनमा पवनकुमार प्रजापति प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

Facebook Comments