गठबन्धनकाे सकस, अधुराे प्रतिवेदन शीर्ष नेतृत्व समक्ष पेश

सत्ता गठबन्धनको सिट बाँडफाटमा दलहरूले धेरै सिटकाे दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन दलहरूले कार्यदल बनाएका थिए ।

कार्यदलमा सहमति जुटन नसकेपछि अपुराे प्रतिवेदन बिहीबार शीर्ष नेतृत्व समक्ष बुझाइएकाे छ ।

श्राेतका अनुसार करिब ९० सिटमा कुरा मिले पनि बाँकी सिटमा सहमति जुटेकाे छैन ।

तर कार्यदलमा रहेका एक नेताका सैद्धान्तिक रुपमा समझदारी भइसकेकाे र शुक्रबार शीर्ष तहमा नै टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।

खासगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सिट बाँडफाँड सम्मान जनक हुनुपर्ने बताउँने गरेका छन् ।

Facebook Comments