देश विकासका लागि गठबन्धनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशकाे विकासका लागि ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ ।

देशलाई संविधान, गणतन्त्र, संघीयता मिचेर पछाडि फर्काउने काेशिष भएकाे प्रचण्डकाे भनाइ छ ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा बाेल्दै उहाँले मुलुकलाइ दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयाे ।

प्रचण्डले सत्तारुढ गठबन्धनलाई बामपन्थी र लोकतान्त्रिक शक्तिको सहकार्य भन्दै देशकाे समस्या समाधानका लागि गठबन्धन बनेकाे जिकीर गर्नुभयाे ।

एमालेले जितेमा मुलुक दुर्घटनामा पर्ने प्रचण्डकाे तर्क छ ।

Facebook Comments