पोखरा उद्योग वाणिज्य संघद्वारा कास्कीका निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान

करको दर घटाउन माग

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित गरेको छ ।

संघले कास्कीका सबै पालिकाका प्रमुख र उपप्रमुख तथा पोखराका ३३ वटै वडाका वडाध्यक्षहरुलाई सम्मान र अन्तक्रियाकाे लागि आमन्त्रण गरेको थियो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निजी क्षेत्रका एजेण्डाहरुबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्रहरु प्हिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तक्र्रिया आयोजना गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वकार्यसमिति सदस्यसमेत रहनुभएका पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरको सबैभन्दा ठूलो चुनौती नै सुशासन कायम गर्नु रहेको बताउनुभयो ।

उहाँले आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने र सुशासनका सबै सूचाङ्कहरु पालना गरिने उद्घोष गर्नुभयो ।

करका दरहरु अव्यवहारिक र चर्को भएको व्यवसायीहरुको गुनासो सुनेपछि उहाँले करको दर परिवर्तन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजश्वको दायरा बढाउँछौँ,जग्गाको मूल्याङ्कनमा पुर्निर्वचार गरिन्छ तर करको दर घटाएपछि राजश्व बढाउने ठाउँ देखाउने काममा निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।’
पोखराको ट्राफिक व्यवस्थापनको योजना बनिरहेको सुनाउँदै उहाँले वरपरका गाउँपालिकाको विकासमा पनि महानगरले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादीले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको बताउँदै सो क्षेत्रको कृषि र पर्यटनमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयाृ । ‘गाउँमा ठूलो व्यवसाय हुने सम्भावना अझै बनेको छैन’,उहाँले भन्नुभयो, ‘कृषि र पर्यटनमा भने सम्भावना छ, आउनुहोस् लगानी गर्नुहोेस्, हामी सघाउँछौंँ ।’
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

‘हामी निजी जग्गा भाडामा उपलब्ध गराउँछौँ, ५ वटा बैंकसँग ऋण सम्झौता गरेका छौँ,पूँजी पनि दिन्छौँ र उत्पादित सामान बजारसम्म पु¥याउन सघाउँछौँ’उहाँले भन्नुभयोे, ‘हामी पूँजीको सुरक्षा गरिदिन्छौँ ।’

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरामा बनाउने भनिएको चक्रपथलाई नै ट्राम चल्ने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।

ट्राम भनेको सहरी क्षेत्रमा चल्ने रेल नै हो । संघीय सरकारको बजेट वक्तव्यमा पोखरासहितका नगरमा ट्राम संचालनको सम्भाव्यता खोजिने उल्लेख गरिएको छ ।

मादी करिडरले सो क्षेत्रको सम्भावनाको ढोका खोल्ने भएकाले करिडर निर्माणमा सहजीकरण गर्न जनप्रतिनिधिहरुसँग आग्रह गर्नुभयो । पोखरा महानगर सुशासनमा अब्बल बन्नुपर्ने, यहाँको प्रदूषण घटाउनेतिर लाग्नुपर्ने तथा आर्थिक सामथ्र्य बढाउने काम हुनुपर्ने उनको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गर्नुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले निजी क्षेत्रलाई साथ लएर अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गर्दै पार्किङको समस्या सुल्झाउन अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव सुरेन्द्रमान विजुक्छेले गर्नुभएको थियो ।

Facebook Comments