चितवन ३ बाटै उम्मेदवारी दिने प्रचण्डकाे स्पष्टीकरण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने घाेषणा गर्नुभएकाे छ।
निर्वाचन क्षेत्र फेरिरहने नेता भएकाले प्रचण्डले कुन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने काैतुहलताका वीच प्रचण्डले चितवनबाटै उम्मेदवार बन्ने स्पष्ट पार्नुभएकाे हाे ।
जापान भ्रमणमा रहेकै बेला गाेर्खाबाट उम्मेदवारी दिन जिल्लाका नेताहरूले अनुराेध गरेकाे प्रसंग सार्वजनिक भएकाे थियाे ।
जापनमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले यसअघिकै निर्वाचित चितवन ३ मा उम्मेदवार हुने स्पष्ट पार्नुभएकाे हाे ।
उहाँले विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताउनुभएकाे हाे ।
उहाँले प्रष्टसँग ४–५ महिना अगाडिदेखि नै चितवनबाटै निर्वाचनमा भाग लिने बताएकाे भन्दै चितवनको पनि क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने भएकाले जापानमा रहने साथीभाइहरुकाे समेत सहयोगकाे अपेक्षा रहेकाे सुनाउनुभयाे ।
साे अवसरमा प्रचण्डले प्रधानमर्न्त्रीकाे दाैडमा नरहेकाे समेत जिकीर गर्नुभएकाे थियाे ।

