बेलायती महारानी एलिजावेथकाे निधन
बेलायतकी महारानी एलिजावेथको ९६ वर्षकाे उमेरमा निधन भएको छ। महारानी एलिजावेथको स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा निधन भएको बिबिसीले जनाएको छ।
बिहीबार बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकले निगरानी गरिरहेका बताएको थियो।
बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी एलिजावेथले सन् १९५२ मा महारानी बन्नुभएकाे थियाे । अब उनीपछि एलिजावेथका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्।
रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्। एलिजावेथका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो।
बेलायतमा राजसंस्था सेराेमाेनियल तर सम्मानित संस्थाकाे रूपमा रहेकाे छ ।
Facebook Comments

