देउवा डडेल्धुरा ओली झापा र प्रचण्ड गोरखामा उम्मेदवार
प्रमुख राजनीतिक दलका नेताहरुले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
देउवा पत्नी आरजु देउवा राणाले डडेल्धुरा पुगेर देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँका प्रतिस्पर्धी ५ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका डा.रामनाथ अधिकारी रहनुभएको छ भने लेखक एवं बाम बुद्धिजीवि युग पाठकले पनि ओलीकै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गोर्खा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसअघि पटक पटक चितवन निर्वाचन क्षेत्र नं. २ बाट नै उम्मेदवारी दिने बताउनुभएका प्रचण्डले अन्त्यमा गोरखा क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेले साे क्षेत्रमा अब्दुश मियाँलाइ उम्मेदवार बनाएकाे छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राैतहट १, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ मा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

