१ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ८ हजार ८ सय ८० जनाकाे पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार जनाकाे एन्टिजेन परीक्षणमा ३ सय ५६ जना गरी १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले हालसम्म ११ लाख ७ हजार ९ सय ८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा काेराेना संक्रमण शुरू भएदेखि हालसम्म ९ लाख ३० हजार ६ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लाे २४ घण्टाकाे अवधिमा १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments