माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित
नेकपा माओवादी केन्द्रको शुक्रबार र शनिबार लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
कोरोना महामारीका कारण देखाएर बैठक स्थगित गरिएको हाे ।
पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले काेराेनाका कारण बैठक स्थगित गरिएकाे जानकारी दिनुभयाे ।
यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएपनि अन्तिम समयमा बैठक स्थगित गरिएको हो ।
माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे छलफल गर्ने एजेण्डा थियाे ।
एमसीसीका बिषयमा सत्ता गठबन्धनमा विवाद रहकाे छ ।
Facebook Comments

